Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ढुंगा हान्नेलाई पनि प्रहरीले रगत दिएर बचाउनुपर्छ : डीआईजी उमेशराज जोशी

ढुंगा हान्नेलाई पनि प्रहरीले रगत दिएर बचाउनुपर्छ : डीआईजी उमेशराज जोशी

  • 939
    SHARES

  • ढुंगा हान्नेलाई पनि प्रहरीले रगत दिएर बचाउनुपर्छ : डीआईजी उमेशराज जोशी

    बुटवल,साउन २९ ।

    नेपाल प्रहरी श्रीमती संघको ३९ औ बर्ष पुगेको अवसर पारेर नेपाल प्रहरी लम्बिनी प्रदेश श्रीमती संघले बुटवलमा रक्तदान कार्यक्रम सम्पन गरेको छ । रक्तदान जीवनदान भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र स्थानीय गरेर ८२ जनाले रक्तदान गरेका छन् ।

    रक्तदान कार्यक्रममा बोल्दै नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले प्रहरीको काम शान्ति सुरक्षमा मात्र नभएर मानविय सेवामा समेत समर्पित हुनुपर्ने भएको बताए । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशमा पहिलो पटक गठन भएको भन्दै गठन भएको छोटो समयमा धेरै राम्रा काम गर्दै आएको प्रमुख जोशीको भनाई छ ।

    दिन दुखीलाई फलफुल वितरण देखि तराई क्षेत्रमा झुल वितरण, आत्महत्या न्युनीकरण सम्बन्धी अन्तरकृया, सर्प दश सम्बन्धी  जनचेतना मुलक कार्यक्रम गरेर लुम्बिनी प्रदेशमा श्रीमती संघले राम्रो गरेको डीआईजी जोशीले बताए । उनले शान्ति सुरक्षा गर्दा कानुनको विपक्षमा कुनैपनि कार्य भएको पाइए तुरुन्त त्यसलाई कारवाहीको दायरामा ल्याउने र नेपालको कानुन अनुसार कार्वाही र्गन सबै प्रहरी क्रमचारीलाई निर्देशन समेत दिए ।

    ‘प्रहरीको काम कर्तब्यमा प्रहरीलाई ढुगा हान्नेहरुलाई समेत प्रहरीले रगत दिएर बचाउनु पर्दछ ।’ उनले भने । उनले समाजमा हुने कुनैपनी गतलकार्यलाई निरुत्साहित गदै सामाजिक कार्यमा समेत प्रहरीले राम्रो भुमिका देखाउनु जरुरी रहेको बताए । कार्यक्रममा संचालक गिता अर्याल लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology