Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस भित्रको तिक्तता मेटाउन आन्तरिक अभियानः पुष्पा भुसाल

कांग्रेस भित्रको तिक्तता मेटाउन आन्तरिक अभियानः पुष्पा भुसाल

  • 987
    SHARES

  • कांग्रेस भित्रको तिक्तता मेटाउन आन्तरिक अभियानः पुष्पा भुसाल

    सन्धिखर्क,साउन २८ ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब उपसभामुख पुस्पा भुसालले नेपाली कांग्रेस भित्र देखिएका असहमती र कुण्ठालाई मिलाउन आन्तरिक अभियान सञ्चालन गरिएको बताएकी छन्  । स्थानीय, प्रदेश र संघिय निर्बाचनमा कांग्रेसका नेता तथा कार्यक्रतामा देखिएको तिक्तता मेटाउन शुरु गरिएको आन्तरिक अभियानले कांग्रेसलाई एक ढिक्का बनाएर, शसक्क्त रुपमा लैजाने बताइन् । 

    नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा (क) को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पुर्ब उपसभामुख समेत रहेकी भुसाललले   देशमा देशमा प्राप्त लोकतन्त्रको रक्षा गर्नु अहिलेको आबश्यक्ता रहेको बताइन् । कांग्रेस केन्द्रिय सदस्य मैतिलाल बाल्मिकीले कांग्रेसको संगठन बिस्तारमा अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

    कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले संगठन सुधारको लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने अभियान  सुरु गरिएको बताए । 
    बाइटः अम्मर पुनसिंह, सभापति नेपाली कांग्रेस लुम्बिनी प्रदेश नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले  संगठन सुधारको लागि हरेक तहबाट लाग्न आवश्यक भएको बताए ।

    केन्द्र देखि स्थानीय तह सम्म संगठन रणनितीका साथ अभियान सफल पार्नको लागि एकजुट भएर लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए । प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने बताए । उनले नेपाली कांग्रेस अर्घाखाँचीलाई गुट उपगुट त्यागेर पार्टीलाई एकजुट बनाई एक ढिक्का भएर लाग्नु पर्ने बताउनुभयो ।

     नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले गाउँका गरिब, दुखी, बेसहारा र विपन्न परिवारको भावना बुझ्न सके मात्र नेपाली कांग्रेस बोलियो र शक्तिशाली हुने उहाँको भनाइ छ ।

    क्षेत्रीय सम्मेलन क्षेत्रीय सभापति   राजेश पन्थीको अध्यक्षता, सचिव नारयण प्रसाद भुसालको सञ्चालन र उपसभापति नारयण चुदालीको स्वगत मन्तब्यमा सम्पन्न भएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology