Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एनआरएन युकेका अध्यक्ष गाहालाई युजी गाईज बुटबलद्वारा स्वागत

एनआरएन युकेका अध्यक्ष गाहालाई युजी गाईज बुटबलद्वारा स्वागत

  • 2.1K
    SHARES

  • एनआरएन युकेका अध्यक्ष गाहालाई युजी गाईज बुटबलद्वारा स्वागत

    बुटवल,साउन २७ ।

    गैरआवासीय नेपाली सँघ एनआरएन युकेका अध्यक्षलाई बुटबलमा स्वागत तथा सम्मान गरिएको छ ।

    केही समय आफ्नो जन्मभूमि  गुल्मी जानेगरी नेपाल आएका एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर र आईसीसीका सदस्य कुमार थापा र अमृत रोक्कालाई  बुटबलका युवाहरुले सिद्धार्थ गौतबुद्ध बिमानस्थलमा  स्वागत गरेका हुन  ।

    युवाहरुको सँस्था  युजी गाईज बुटबलले उनीहरुलाई स्वागत गरेको हो ।कार्यक्रममा बोल्दै युजी बुटवलका अध्यक्ष सुमन गुरुड्डले  हरेक नेपालीहरुलाई पर्ने दुखमा सहयोगी भुमिका निभाउदै आएको र युकेमा रहेका नेपालीलाइ सहयोग गरेको भन्दै उनीहरुलाइ सम्मान गरिएको बताए ।

    wlcome.jpg

    उपाध्यक्ष जीवन गौतमले बिदेशी भूमिमा समेत नेपालीलाई गर्ने सेवा सहयोग उल्खेनिय रहेको बताए ।  नेपाली गैरआवासीय सँघ युकेका अध्यक्ष प्रेम गाहा मगरले बुटबलमा युजीले गरेको स्वागतले आफुलाई सेवामा लाग्न थप हौसला मिलेको बताए ।  

    साथीभाईले गरेको  सम्मानले थप जिम्मेवार सेवामा लाग्न हौसला दिएको  भन्दै अध्यक्ष गाहा मगरले  देश बिकासमा समेत एनआरएन लाई सहभागी गराउनुपर्ने बताए ।

    अध्यक्ष गाहाले भने युवाहरुलाई नेपालमा केही काम गर्ने बाताबरण सिर्जना गरीदिनु जरुरी रहेको बताए  । कार्यक्रम्मा युजीका सचिब अजुन केसी बुटबल उपमहानगरपालीका बडा नम्बर २ का बडा अध्यक्ष सुनिल शाक्य, सुरेन्द्र गुरुड्ड ,सुदिप खत्री लगायतले शुुभकामना दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology