Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनमत पार्टी सरकारमा सहभागी हुने

जनमत पार्टी सरकारमा सहभागी हुने

  • 1.3K
    SHARES

  • जनमत पार्टी  सरकारमा सहभागी हुने

    बुटवल, साउन २७ । 

    सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

    प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो।गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

    जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।

    सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो।यसअघि सरकारमा सहभागी हुन जनमतले अनितादेवी साहलाई सिफारिस गरेको थियो।

    स्रोतका अनुसार जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मागेको छ। अहिले माओवादीका अमनलाल मोदी यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology