बुटवल, साउन २६ ।
बुटवल उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ४५ दिने नगर विषेश सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानमा सिद्धार्थ गौतमबुद्ध क्याम्पसले पनि सहभागिता जनाएको छ ।
सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानमा क्याम्पसका प्राध्यापक एवं विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । अभियानमा क्याम्पस प्रमुख विष्णु प्रसाद रानाले बुटवल उपमहानगरपालिकाले चालेको यो कदमको राम्रो भएको भन्दै सबैले सहभागिता जनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज प्रसाद सापकोटा र रमेशप्रसाद पाण्डे तथा क्याम्पसको सामाजिक उत्तरदायित्व वहन समितीका संयोजक प्राध्यापक ताराप्रसाद ज्ञवाली लगायतका प्राध्यापक एवं विद्यार्थीहरुले सरसफाइ गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)