काठमाडौ,साउन २४ ।
गैर आवासीय नेपाली सघं (एनआरएन) को ११ औँ महाधिबेसनमा अध्यक्षका लागि रविना थापाले पुन: उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
विगत लामो समय देखि अमेरिकामा व्यवसाय र विभिन्न सामाजिक कार्यमा कटिबद्ध रहेर काम गरेकी रविनाले यो भन्दा अगाडी एनआरएनको केन्द्रिय उपाध्यक्षमा रहि काम गरेकी छिन् ।
लामो समय देखि अमेरिकाको मेरिलेल्ड राज्यको बाल्टीमोडलाइ आपनो कर्मथलो बनाएकी थापाले २००७ दखि २००९ सम्म वाना (बाल्टीमोड एसोससएसन अफ नेपलीज इन अमेरिका) सस्थाको सस्थापक उपाध्यक्ष भइ काम गरिसकेकी छन । त्यस्तै २००९ दखि २०११ सम्म सोही सस्थाको अध्यक्षमा निर्वाचित भइ काम गरिन् ।
उनले आपनो कार्यकालमा वानलाइ निकै उचाइमा पुयाएकी थिइन । वाना अमेरिकाको मेरिलेण्ड स्टेटमा नेपालको विभिन्न ठाउबाट आइ बसोबास गर्ने नेपालीहरुको क्षेत्रिय सगठन हो । वानाले त्यहा बसोबास गर्ने नेपालीहरुको कला सस्कृति रहन सहनको आदनप्रदान गर्नुको साथसाथै विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गदै आइरहेको छ । थापाले वानामा रहदा उनले गरेको अथक प्रयास मेहनतले धेरै नेपालीहको उद्धार हुनुको साथै विदेशमा नेपालीलाइ पर्ने समस्याको समाधान गर्न सफल भएकी थिइन ।
थापाले वानामा रहेर काम गर्दा बानाको उचाइलाइ माथी पुयाउन सफल भएको कारण उनको सामाजिक लोकप्रियता बलियो रहेको छ ।उनले जुनसुकै काम कुशलता पुर्वक गर्दछिन त्यसकारण उनलाइ कुशल नेत्री भन्न सकिने धेरैको ठम्मयाइ छ । मरिलेल्डमा बिस हजार गैर आवासिय नेपालीको बसोबास रहेको छ भने बाल्टीमोडमा लगभग दश हजार नेपालीको बसोबास रहेकोछ । विशेष गरिे अमेरिकामा बस्ने नेपालीहरुको दुख भोगाइलाइ नजिकबाट निहालिरहेकी थापाले अमेरिका लगाएत बिश्वको जुनसुकै देशमा बसोबास गैरआबासिय नेपालीको समस्या समाधान गर्न भरपुर लागि पर्ने बताएकी छन ।
विगत लामो समय देखी जापान हुदै अमेरिका पुगेकी थापाले वैदेशिक रोजगारमा जाने हरुको लागि सामाजिक सुरक्षा भतmाको पनि ब्यवस्था गर्न आफु लागि पर्ने वताएकी छन । उनले २०१५ देखि २०१७ सम्म एनराएन अमेरिकाको उपाध्यक्षमा निर्वाचित भइ कार्य गरिन भने २०१९ देखि २०२३ सम्म गैर आवासीय नेपाली सघंको केन्द्रिय उपाध्यक्ष भइ काम गरेकी छन ।
विदेशी भुमिलाइ कार्य थलो बनाइ काम गर्ने कामदारको सहजता र कठीनाइहरुको समाधानको लागि पहल गर्ने त्यस्तै गरि खाडी मुलुकमा रोजगारीको लागि जाने महिलामाथी हुने अन्याय अत्याचारलाई जरैबाट उखेलेर फाल्ने उनको आगामी योजना रहेको छ । पछिल्लो समयमा सरकारले घरेलु कामदारमा जान रोक लगाए सगै अबैध रुपमा जाने महिलाहरुको समस्या बिकराल बन्दै गएको छ । उनले गैरआवासिय नेपालीहरुको सर्वाेपरि विकासका लागि आफु निरन्तर लागि परेको र आगामी दिनमा पनि सशतm रुपमा अगाडी बढने उनको बिश्वास रहेको छ । उनको यहि दृढ विचारका कारण पनि रविनाले अध्यक्षमा जित्ने धेरैको आकलन रहेको छ ।
रविनाले अमेरिकाको एक साधारण सभा समारोहलाइ सम्वोधन गर्ने क्रममा आफुले सुरु गरेका योजना पुरा गर्न पनि अध्यक्षको उम्मेददारी दिन लागेको बताइन । उनले नेपालको सात वटै प्रदेशमा ब्लड बैकको स्थापना गर्नुको साथसाथै मेघा प्रोजेट अन्तगत सफा शौचालयको स्थापना जस्ता काम गरिसकेकी छिन । पछिल्लो समयमा महिलामा बढदै गइरहेको ब्रेस्ट क्यान्सरको निशुल्क उपचारको कार्य पनि थापाको आगामी योजना रहेको छ ।
अहिले भर्खर मात्र ससंदबाट पारित भएको नागरिकता बिधयक अन्तगर्त गैर आवासिय नेपालीलाइ नागरिकता दिन सकिने छ । नागरिकता बिधयकले पनि विदेशमा बस्ने नेपालीलाइ धेरै सहयोग गर्ने छ ।
अघिल्लो कार्यकालमा ६ महिना मात्रै अध्यक्ष भएकी रविनाले अव भने पुर्ण रुपमा २बर्षे कार्यकालमा अध्यक्ष रहने बताएकी छन ।
रविना एनआरएनका बिभिन्न अभियान तथा कामहरुमा सक्रिय रहदै महत्वपुर्ण जिम्मेवारी बहन गदै आइ रहेकी छन । उनले अमेरिकामा मात्र नभइ नेपालका विभिन्न जिल्लामा व्यतिगत र सस्थागत सहयोग गदै आइरहेकी उनको वाल्टीमोड लगायत अन्य राज्यहरुमा प्रभाव बलियो रहेको छ ।उनी अध्यक्ष रहदा धेरै समय नेपालमा बसेर काम गरेकी छिन । भुकम्प जादा होस या कोभिड १९,को महामारीमा नेपालको विभिन्न जिल्लामा रहेर काम गरिसकेकी छन ।
उनले सस्थाको बिधान सशोधन देखि सस्था सशतmीकरणको लागि पनि बिषेष भुमिका निर्वाह गरेकी छन । विभिन्न क्षेत्रलाइ सबल सशतmीकरण गराउन उनको आगामी योजनामा धेरै कामको सुरुवात गरेकी छिन । थापाले सरकारी बिद्धालयमा अध्ययनरत छात्राछात्रलाइ १०हजार छात्रवृदी दिने व्यबस्था गरेकी छिन ।सडक बालबालीकाको ब्यवस्थापन ,मानसिक स्वास्थ्यको विषय ,आधुनिक शौचालय निर्माण ,आकस्मिक सेवाको लागि व्लड बस सेवा जस्ता कामहरु सुरुवात गरेकी छन ।
नेपालका ७७ वटै जिल्लामा रहेका अशक्त ब्याक्तिहरुको व्यबस्थापन ,३वटा प्रदेशमा व्लड बस सेवा सञ्चालनका पाटा भने अझै बाकी रहेका छन जुन आगामी दिनका योजना रहेको उनको भनाइ छ । आफु अध्यक्षमा रहदा कुनै बिवाद विना एनसिसि अबिधेशन सम्पन्न गराएको जसले सस्थामा एकरुपता ल्याएकोमा आनन्द मिलेको वताएकी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)