Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

चितवन क्रिकेट संघको अध्यक्षमा पिया,सचिवमा ज्ञवाली

चितवन क्रिकेट संघको अध्यक्षमा पिया,सचिवमा ज्ञवाली

  • 1.1K
    SHARES

  • चितवन क्रिकेट संघको अध्यक्षमा पिया,सचिवमा ज्ञवाली

    बुटवल,साउन २४ ।

    चितवन जिल्ला क्रिकेट संघको अध्यक्षमा सुदीप पिया निर्वाचित भएका छन् । मंगलबार साँझ भएको निर्वाचनमा सुदीपले २५ मत ल्याए भने प्रतिस्पर्धी मनिष सापकोटा २२ मतमा रोकिए ।

    उपाध्यक्षमा उमेश पिया, सचिवमा सुरज ज्ञवाली र कोषाध्यक्षमा अर्जुन केसी निर्वाचित भएका छन् । उपाध्यक्षमा पियाले २४ मत ल्याउँदा र प्रतिद्वन्द्वी इशानसिंह बानियाँले २३ मत प्राप्त गरे भने सचिव जितेका ज्ञवालीले २४ र उनका प्रतिस्पर्धी अनिल अधिकारीले २३ मत ल्याए ।

    कोषाध्यक्षमा निर्वाचित हुनेक्रममा केसीले २४ र अर्का उम्मेदवार वचन कार्कीले २३ मत प्राप्त गरे । महिला सदस्यमा आर्य अर्याल निर्वाचित भइन् । २४ मत ल्याएकी अर्यालले प्रभा नेपाललाई एक मत अन्तरले पराजित गरेकी हुन् ।

    कार्य समिति सदस्यहरूमा प्रशान्तकुमार पिया, प्रितम पिया, भरतकाजी कुँवर, जीवनकुमार गुप्ता, विजय बोहरा, उत्सव श्रेष्ठ, मेघनाथ उपाध्याय, ध्रुव शर्मा, अरुण घले र राजु खड्का निर्वाचित भएका छन्।
    सदस्यमा निर्वाचितहरू प्रितमले २७, प्रशान्तले २५, विजयले २५, उत्सवले २५, केशवले २५, भरतले २५, ध्रुवले २५, जिवनले २४, राजुले २४ र मेघनाथले २४ मत ल्याए । सदस्यमा निर्वाचित राजु राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन् । यस्तै ध्रुव चितवनका पुराना खेलाडी हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology