Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कञ्चनमा नि:शुल्क आँखा शिबिर तथा औषधि बितरण

कञ्चनमा नि:शुल्क आँखा शिबिर तथा औषधि बितरण

  • 927
    SHARES

  • कञ्चनमा नि:शुल्क आँखा शिबिर तथा औषधि बितरण

    बुटवल,साउन २४ ।

    लियो क्लव अफ कञ्चनको आयोजना तथा कञ्चन गाउँपालिका वडा नम्बर २ र लायन्स क्लव हरैयाको सह-आयोजनामा निशुल्क आँखा शिबिर तथा औषधि बितरण गरेको छ।

    लियो क्लव अफ कञ्चनका अध्यक्ष सन्तोष कंडेलको अध्यक्षता र गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा निशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रम सम्मपन्न गरेको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले नेपालमा मनसुन सुरु भए देखी कैयौं प्रकारका रोगहरु मध्य यसैमा आखा पाक्ने रोग आइ फ्लु अहिले महामारिको रुपमा फैलियकोले सबैलाई सचेत, सजग र सतर्क रहन आग्रह गर्दै लियो कल्ब, आयोजन र प्राविधिक टोलिलाइ धन्यवाद ज्ञापन गर्नुभयो।

    स्थानिय सरकारको काममा इटा थप्ने काम भएको बताउनु भयो। यसको असर रुपन्देही लगायत देशको अधिकाशं ठाउँहरुमा देखा परेकोले हामि सबै सचेत हुन पर्ने उहाँको भनाइ रहेको थियो।

    उक्त शिविरमा विद्यार्थी र वडा वासिहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष टेक बहादुर गुरुङ, कन्चन गाउँ पालिकाका प्रबक्ता चित्र तुलाचन, लियो क्लबका सस्थापक प्रदिप गिरि, मोहन सुनार,राम बहादुर थापा, गिता राम रिजाल लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सन्चालन लियो कल्बका सचिब गोबिन्द आचार्य र स्वागत गणेश आचार्यले गर्नु भयो थियो। निशुल्क आखा शिबिरमा छ सय ८० जनाले आखा परिक्षण गरायका छन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology