Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोल्पामा बस दुर्घटना चार जनाको मृत्यु,१९ जना घाइते (अपडेटसहित)

रोल्पामा बस दुर्घटना चार जनाको मृत्यु,१९ जना घाइते (अपडेटसहित)

  • 4.6K
    SHARES

  • रोल्पामा बस दुर्घटना चार जनाको मृत्यु,१९ जना घाइते (अपडेटसहित)

    रोल्पा, साउन २३ ।

    रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

    शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँस्थित रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो। मृत्यु हुने तीन जना पुरुष र एक जना महिला छन्। उनीहरुको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ।  

    दुर्घटनामा १४ जना घाइते हुनुभएको छ। दुर्घटनामा मृत्यु हुनेको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, ‘दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ। १९ जना घाइते हुनुभएको छ भने एक जना बालक भेटिएका छैनन्।’ 

    रोल्पाको बाघमाराबाट हिँडेको बस पानी परेर चिप्लो भएका कारण दुर्घटनामा परेको अनुमान प्रहरीको छ। बस शहीदमार्ग अन्तर्गत रिचीको घुम्तीबाट करिब एक सय मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा घाइतेको उद्धारपछि रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ। 

    मृतकको पहिचान खुल्यो :

    दुर्घटनामा मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका-४ निवासी ५० वर्षीय हस्ता डाँगी, सोही वडा निवासी ५१ वर्षीय गोर्खे डाँगी, माडी गाउँपालिका-२ निवासी २२ वर्षीय प्रकाश बाठामगर र परिवर्तन गाउँपालिका निवासी ४६ वर्षीय भक्तबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक सारू मगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार चारै जनाको घट्नास्थलमै मृत्यु भएको थियो । 

    घाइते भएका १९ जनामध्ये रोल्पा नगरपालिका-६ दार्बोट निवासी २५ वर्षीय कमानसिंह घर्ती, माडी गाउँपालिका-२ निवासी २० वर्षीय जितेश बाँठा र त्रिवेणी गाउँपालिका–२ निवासी १७ वर्षीया पूर्णिमा बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक सारू मगरका अनुसार दुर्घटनामा रोल्पा माडी गाउँपालिका-६ निवासी १४ वर्षीय नवीन बुढा, त्रिवेणी गाउँपालिका–७ निवासी ६२ वर्षीय कमानसिंह सुनार, माडी गाउँपालिका–४ निवासी ९ वर्षीय मिलन डाँगी, माडी गाउँपालिका-६ निवासी १५ वर्षीय मुकेश पुन, माडी गाउँपालिका-२ निवासी २३ वर्षीय हिमानी घर्ती, उहाँका छोरा ११ महिनाका ओल्सन घर्ती, माडी गाउँपालिका-४ निवासी २२ वर्षीय कविता खड्का, पाँच वर्षीय छोरा युस खड्का, सोही ठाउँ निवासी २६ वर्षीय मिना डाँगी, माडी गाउँपालिका-२ निवासी २८ वर्षीय तिरपना बाठामगर छन् । 

    त्यसैगरी, रोल्पा परिवर्तन गाउँपालिका-३ निवासी २४ वर्षीय खुम्बु बुढा, त्रिवेणी गाउँपालिका-२ निवासी १३ वर्षीय सुस्मिता बुढा, माडी गाउँपालिका–२ निवासी ४० वर्षीय सिर्जना घर्ती, सोही ठाउँ निवासी २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोट निवासी २४ वर्षीय इन्दकुमार घर्ती र घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २४ वर्षीय हुमराज बस्नेत छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology