बुटवल,साउन २० ।
द राईजिङ युथ अफ सोसाइटीको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०७९–८०को कार्यसमितिले २०८०–८१ को नयाँ कार्यसमितीलाई पद हस्तान्तरण गरेको हाे ।
अध्यक्ष बिश्वाश घिमिरेले आफ्नो कार्यकालमा उत्कृष्ट कार्यहरु गर्न सफल भएको जानकारी गराए। क्लबका सामाजिक कार्यमा सधैं साथ दिने बताए ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उप प्रमुख साबित्रा देवि अर्यालले क्लवले सामाजिक कार्यमा अग्रपंक्तिमा रहेर काम गर्न शुभकामना दिदै समाजका किशोर-किशोरीको हकहितमा काम गर्ने बताइन् ।
क्लबका सल्लाहकार गणेश पौडेलले क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाई माथि पुर्याएकोमा धन्यवाद दिए ।
युवा इन्जिनियर छबिन्द्र भट्टराईले क्लबले युवाको हितमा काम गरेको भन्दै आगामी दिनमा अझै गाउँबस्तीमा पुगेर काम गर्न सफल रहोस् भनी नव निर्वाचित पदाधिकारी बधाई तथा तथा सफलताको शुभकामना व्यक्त गरे ।
क्लवका नव निर्वाचित अध्यक्ष मदन भुसालले आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकाल स्वर्णिम बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रमको पहिलो सेसनको अध्यक्षता क्लबका पूर्व अध्यक्ष बिश्वाश घिमिरेले गरेका थिए । त्यस्तै नव निर्वाचित अध्यक्ष मदन भुसालले दोस्रो सेसनको अध्यक्षता गरेका थिए भने पहिलो र दोस्रो सेसनको कार्यक्रम संचालन नव निर्वाचित उपाध्यक्ष सुवेक्क्षा खनाल गरेकी थिइन।
साेअवसरमा गायक बिनोद बिष्टले आफ्नो प्रस्तुती दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)