Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

  • 1.0K
    SHARES

  • पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

    काठमाडौं, साउन २०।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको हो। 

    सन् २००५ मा यू–१५ नेपाली टोलीको सदस्य रहनुभएका मल्लले सन् २००६ मा चार दिवसीय प्रतियोगितामा नामिबियाविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गर्नुभएको थियो। ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा ८८३ रन बनाउनुभएको छ। 

    नेपाल क्रिकेट सङ्घ क्यानले २०७६ कात्तिक १३ गते राष्ट्रिय क्रिकेट टोलीमा मल्ललाई कप्तानको जिम्मेवारी दिइएको थियो। तत्कालीन कप्तान पारस खड्काले इमेलबाट क्यानलाई राजीनामा पठाएपछि मल्ल कप्तान बन्नुभएको थियो। उहाँले छोटो समय नेपाली टिमको कप्तानी गर्नुभएको हो।

    ज्ञानेन्द्र मल्लको कप्तानी २०७८ मङ्सिर २९ गते खोसिएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology