Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा गर्भवतीलाई भिडियो एक्सरे नि: शुल्क

बुटवलमा गर्भवतीलाई भिडियो एक्सरे नि: शुल्क

  • 1.3K
    SHARES

  • बुटवलमा गर्भवतीलाई भिडियो एक्सरे नि: शुल्क

    बुटवल,साउन १९।

    बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सरे सेवा निशुल्क रूपमा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गर्नुभयो।

    सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रम अन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताउनुभयो।

    उहाँले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताउनुभयो।

    उहाँले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई दुग्धवर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरु सञ्चालन गर्ने कार्यक्रम रहेको बताउनुभयो।

    कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बोल्दै बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो।

    अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको शहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरुबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताउनुभयो।

    बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने उहाँले बताउनुभयो। सेवाग्राहीको चाप र मागअनुसार सबै स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा निशुल्क सेवा दिने गरी तयारी भइरहेको उहाँले बताउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology