Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपाले बझाङका संयोजकको निलम्बन फुकुवा गर्‍यो,खत्रीलाई तीन महिनाको लागि निलम्बन

रास्वपाले बझाङका संयोजकको निलम्बन फुकुवा गर्‍यो,खत्रीलाई तीन महिनाको लागि निलम्बन

  • 1.6K
    SHARES

  • रास्वपाले बझाङका संयोजकको निलम्बन फुकुवा गर्‍यो,खत्रीलाई तीन महिनाको लागि निलम्बन

    काठमाडौं,साउन १९ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ ।पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

    पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ता विच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । खत्री पार्टीमा फर्कन चाहेर सोही अनुुसार योगदान गरेको पुष्टि भए तिन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिनसक्ने ढकालले जानकारी दिए ।

    बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।

    बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए ।

    ‘जनताले रास्वपालाई कस्तो दल देख्न चाहन्छन्रु त्यही बुझ्नका लागि गाउँ जान लागेका हौ,’ ढकालले भने । राजनीतिक दस्तावेज तयार गर्न गाउँ जाने टोलीको खर्च पार्टीले बेहोर्ने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology