Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

भारतको सिक्किममा अम्बर गुरुङको शालिक अनावरण गरिने

भारतको सिक्किममा अम्बर गुरुङको शालिक अनावरण गरिने

  • 1.1K
    SHARES

  • भारतको सिक्किममा अम्बर गुरुङको शालिक अनावरण गरिने

    बुटवल,साउन १८ ।

    लभ एण्ड सपोर्ट फाउण्डेसनले भारतको सिक्किममा नेपाली संगीतका शिखरपुरुष अम्बर गुरुङको शालिक अनावरण गर्ने भएको छ । उक्त अवसरमा गायिका शान्ति ठटाल, वरिष्ठ गायकद्धय दिप श्रेष्ठ र प्रताप सुब्बालाई जनही नगद रु. ५१ हजारसाथ सम्मानित पनि गरिने भएको छ ।

    आाउदो नोभेम्बरमा अनावरण गरिने गुरुङको शालिक भारु सातलाख खर्चमा निर्माण गर्न लागिएको लभ एण्ड सपोर्ट फाउण्डेसन नेपालका सचिब आनन्द राईले बताएका छन् ।

    शालिक सिक्किमको सौरनी टिङलिङ भ्यु पोइन्टमा निर्माण भइरहेको छ । शालिक अनारवरणका लागि अमेरिकाबाट फाउण्डेसनका अध्यक्ष मनोज राई सिक्किम जाने पनि राईले बताएका छन् ।

    अमेरिकाको नर्थ क्यारोलेनामा माख्य कार्यालय रहेको फाउण्डेसनले नेपाली संगीतको उत्थान तथा परोपकारको क्षेत्रमा कार्य गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology