Logo बुधवार, श्रावण १३ गते २०८३
images

‘बुटवलमा ब्यवसायी पलायनको मूल कारण घरबहाल समस्या’

‘बुटवलमा ब्यवसायी पलायनको मूल कारण घरबहाल समस्या’

  • 1.8K
    SHARES

  • ‘बुटवलमा ब्यवसायी पलायनको मूल कारण घरबहाल समस्या’

    बुटवल,साउन १८ ।

    रुपन्देहीमा घरबहाल सम्बन्धी समस्या बढ्दै गएका कारण ब्यबसायीहरु पलायन हुने क्रम पनि बढ्दै गएको छ । बुटवल र भैरहवालगाएतका मुख्य शहरमा महंगो घरबहाल, पार्किङ्ग अभाव, जिर्ण सडक, सरसफाई अभाव र महंगो सामाग्री आदी समस्याका कारण ब्यबसायीहरु क्रमशः बिस्थापित हुदै गएको अवस्था छ ।

    नेपाल घरबहाल सरोकार संघ रुपन्देहीको १२ औं साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको प्रतिबेदनमा बुटवल, भैरहवा, लुम्बिनी लगाएतका क्षेत्रमा दैनिक जसो ब्यबसायीहरु पलायन भैरहेको उल्लेख छ ।

    महंगो घरबहाल सम्बन्धी समस्याकै कारण घरधनी र बहालवाला ब्यबसायीबिच बेला बेलामा तनाव उत्पन्न हुने गरेको र ब्यबसायी बिस्थापित हुनुबाट जोगाउन भाडा घटाउनु पर्ने माग गरिएको छ ।narayani pul.jpg

    कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ बिटुका पुर्व गभर्नर, ट्रान्स्परेन्सी ईन्टरनेशनलका केन्द्रिय सदस्य महेन्द्र नारायण श्रेष्ठले बुटवलको बजार गुल्जार गर्न र ब्यबसाय चलायमान बनाउन सबै एकजुट हुनुपर्ने धारणा ब्यक्त गरेका छन् । पछिल्लो बजारमा देखिएको आर्थिक मन्दिका कारण उद्योग ब्यबसाय घरासायी बन्दै गैरहेको भन्दै श्रेष्ठले अव बुटवलबासीले नयाँ सोंच र शैलीको बजार ब्यबस्थापन गर्नुको बिकल्प नरहेको बताए ।

    मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय सभापति गोविन्द खनालले बुटवल र भैरहवा जस्ता शहरलाई बिशिष्टिकृत शहरका रुपमा बिकास गर्नुपर्ने कुरामा जोड दिदैं रुपन्देहीबासीले स्थानिय शहरको स्थायी बिकासका लागि एकिकृत धारणा बनाउनु पर्ने बताए । घरबहाल सरोकार महासंघका निवर्तमान अध्यक्ष शंकर कोईरालाले घरधनीले घरभाडा घटाउने र बैंकले ब्याजदर घटाउनु पर्ने कुरामा जोड दिदैं यसमा स्थानिय सरकारको भुमिका प्रभावकारी बन्न नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

    घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थापक अध्यक्ष लेखनाथ भण्डारी, संघका सल्लाहकार तथा उपभोक्ता हित संरक्षण मन्च बुटवलका अध्यक्ष समुन्द्र जिसि, संघका सल्लाहकार हरिश ढकाल, निवर्तमान अध्यक्ष खगेन्द्र पौडेल, उपाध्यक्ष टुकलाल न्यौपाने, महासचिव कृष्ण खनाल, कोषाध्यक्ष दिपक पौडेल लगाएतले घरबहाल क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।ghar bahal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology