बुटवल,साउन १६ ।
इनरव्हिल क्लब अफ मिडटाउन बुटवलको १५ औ पद हस्तान्तरण एव पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।वर्ष २०२३-२४ का लागि अध्यक्ष देबि न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ। वर्ष २०२३-२४ का लागि अध्यक्ष धर्मा देबि न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ।
न्यौपानेलाई वर्ष २०२२-२३ का अध्यक्ष प्रभा अर्यालले पदहस्तान्तरण गरेकी हुन। जसको भिपिमा राधिका देबि रिजाल, आईभिपिमा प्रभा अर्याल, सचिवमा सुमित्रा न्यौपाने,कोषाध्यक्षमा सुशीला पोख्रेल, ईडिटरमा शुसिला आचार्य तथा एक्जुकेटिभ मेम्बरमा जमुना श्रेष्ठ र प्रेरणा केसी चयन भएका छन।साथै सह सचिवमा रिया भण्डारी, सहकोषाध्यक्षमा गिता खनाल,सल्लाहकारहरुमा मिठु भण्डारी र सरस्वती ढुंगाना चयन भएका हुन।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफुले आफ्नो कार्यकालमा सदस्यता वृद्धि संगै सामाजिक उत्तरदायित्व तथा राहतका कार्यक्रम गर्ने बताईन।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि दान बहादुर थापाले आवस्यक सहकार्य गर्न तयार रहेको बताउदै समाज परिवर्तनमा सामाजिक क्लबहरुको भुमिकाको प्रसम्सा गरेका थिए।कार्यक्रममा पूर्व अध्यक्ष तिर्सना श्रेष्ठ,ईनरव्हिल क्लब बुटवलका अध्यक्ष यमुना श्रेष्ठ,आशा श्रेष्ठ, खेम रेग्मी लगायतले बोलेका थिए।
कार्यक्रममा भविष्य निर्माण माध्यमिक विद्यालयमा अध्ययनरत आश्मा परियारलाई छात्रवृत्ति समेत बितरण गरिएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)