Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै :चित्रबहादुर केसी

भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै :चित्रबहादुर केसी

  • 2.9K
    SHARES

  • भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै :चित्रबहादुर केसी

    बुटवल,मंसिर २५ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल चलाउने सांचो बाहिरै रहेको बताउनुभएको छ ।

    शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्ध जनतालाई सचेत गराउनु पर्ने बताउनुभयो ।

    गण्तन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा, संघीयता र भ्रष्टाचारको बिरोधमा बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै अध्यक्ष केसीले दक्षिण तिरबाट नेपालको भूगोलमाथि आक्रमण भैरहेको दावी गर्नुभयो ।

    उहांले नेपाली जनताले लामो समयसम्म कुरवानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग  गरेको आरोप  लगाउनुभयो ।

    उहांले सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेकोसमेत बताउनुभयो ।छिमेकीले नेपालमा हिन्दुराज्य कायम गराउन खाज्दा पनि सत्तापक्ष  र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट पनि प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीकाने तर्क छ ।

    अहिलेको पुँजीवादी गणतन्त्र सबै नभएको र जनताको गणतन्त्र आउन बांकी रहेको उल्लेख गर्दै जनताले चाहेको गणतन्त्र ल्याउन परवर्तनका उपलब्धीहरुको रक्षा गर्नुपर्ने बताउनुभयो ।

    गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउंदै हिजो राजाबाट फाइदा ल्याएकाहरु आज सडकमा नारा लगाउंदैमा राजतन्त्र फर्कन सम्भव छैन भन्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले राजावादी र अन्य प्रतिगामीहरुबाट गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा रहेकाले सचेत  हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपाललाई हिन्दु राज्य बनाउने षडेयन्त्र भैरहेकाले जनतालाई सचेत बनाउनु पर्ने र गणतन्त्रबादी शक्ति एक ठाउंमा उभिनु पर्नेमा जोड दिनुभयो ।

    उहांले सत्तमा रहेको नकेपा कम्युनिष्ट पार्टी नभएको दावी गर्दै नामले मात्र कोही पनि कम्युनिष्ट हुन नसक्ने बताउनुभयो । सत्तापक्षले सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्दापनि प्रपिपक्ष बोल्न नसकेको बताउंदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दावी गर्नुभयो ।

    प्रादेशीक संरचना खारेज नगरिए संघीयताले देश नै खारेज गर्छ :

    उहांले नेपालमा संघीयता असफल सिद्व भैसकेको बताउंदै समयमा नै प्रादेशीक संरचना खारेज नगरिए कालान्तरमा संघीयताले देश नै खारेज गर्न सक्ने बताउनुभयो ।

     भ्रष्टाचार, अनियमितता,महङी, कालोबजारी, तस्करीले सीमा नाघेको उल्लेख गर्दै हिजो चप्पल लगाएर काठमाण्डौ गएका नेताहरुका कसरी बने करोडौंका महल र सम्पति अब छानविन गर्नुपर्ने बताउनुभयो ।

    लुम्बिनी प्रदेश सांसद तारा जीसीले संघीय संरचना देशले धान्न नसक्ने बताउंदै अर्काको भर गरेर ऋणमा संघीयता टिकाउन नसकने बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टीका मसालका रुपन्देही प्रवत्ता नारायण जीसीले संघीयताले दशेको अवस्था कठिन मोडमा पुगेको बताउंदै राष्ट्रि सावैभौमिकता र एकता खलबलिएको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला सदस्य नेत्र आचार्यले गणतन्त्रको रक्षा गर्दै जनवादी क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताउंदै गाणतन्त्र र धर्म निरपेक्षताको संरक्षणमा राष्ट्रवादी शक्ति मिल्नु पर्नेमा जोड दिनुभयो ।

    जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता, रुकबहादुर पराजुलीको स्वागत र सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology