Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरोज पोखरेलले सम्हाले रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको नेतृत्व

सरोज पोखरेलले सम्हाले रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको नेतृत्व

  • 2.8K
    SHARES

  • सरोज पोखरेलले सम्हाले रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको नेतृत्व

    बुटवल,साउन १५ ।

    रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा सरोज पोखरेल निर्वाचित हुनुभएको छ । आठौँ पदस्थापन कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष माधव पराजुलीले वर्ष २०२३–०२४ का अध्यक्ष सरोज पोखरेललाई पद हस्तान्तरण गर्नुभएको हो । 

    अध्यक्ष पोखरेललाई क्लवका संस्थापक अध्यक्ष मोहन न्यौपाने, वर्ष २०२२–०२३ का अध्यक्ष  माधव पराजुली, पूर्व अध्यक्ष एवम् इलेक्ट डिआरआर विक्रम क्षेत्री, पूर्व अध्यक्षहरु नविन थापा, रेशम खड्का, सुवाश केसी,नविन अर्याल लगायतले कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा गन ग्यावल हस्तान्तरण गर्नुभयो ।

    कार्यक्रममा आइपिपि डिआरआर लक्ष्मण खरेलले पोखरेललाई र अध्यक्ष पोखरेलले रोट्रयाक्टका बोर्ड पदाधिकारीलाई सपथ ग्रहण गराउनुभयो । 

    कार्यक्रम बर्ष २०२२-०२३  का अध्यक्ष माधव पराजुली र वर्ष २०२३-०२४  का अध्यक्ष सरोज पोखरेलको संयुक्त अध्यक्षता, प्रतिनीधि सभा सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यता, आइपिडिआरआर लक्ष्मण खरेलको विशिष्ठ आतिथ्यता,फस्ट लेडी कविता नेपाल,क्लवका पूर्व अध्यक्षहरु, रोटरी क्लवका अध्यक्ष एवम् पूर्व अध्यक्षहरु, डिस्ट्रििक्टका पदाधिकारी लगायतको आतिथ्यतामा भएको हो । 

    कार्यक्रमको उद्घाटन गर्दै प्रतिनीधि सभा सदस्य प्रदिप पौडेलले समृद्ध समाज निर्माणका लागि विभिन्न सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अन्तरराष्ट्रिय क्लवहरु रोटरी, रोट्रयाक्ट लगायतका क्लवहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका प्रशंसनीय रहेको समेत उल्लेख गर्नुभयो । 

    कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष माधव पराजुलीले बर्षभरि गरेका कार्यप्रगति एवम् साामजिक कामबारे जानकारी गराउँदै  क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो  । 

    साे अवसरमा बुटवल कालिका क्याम्पसको बिबिएसमा अध्ययनरत जेहेन्दार दुई छात्रा विद्यार्थीलाई मासिक भर लाग्ने शुल्क उक्त कार्यक्रम मार्फत विद्यार्थी एवम् क्याम्पसलाई चेक प्रदान गरिएको छ ।

    नयाँ अध्यक्ष सरोज पोखरेलले क्लवको छविलाई उचाइमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबैको साथ,सहयोग र सहकार्यबाट मात्र थप नयाँ योजनासहित अघि बढ्ने बताउनुभयो । 

    सो अवसरमा आइपिपि डिआरआर लक्ष्मण खरेल, इलेक्ट डिआर आर विक्रम क्षेत्री, रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका आइपिपि विष्णु भण्डारी,रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका संस्थापक अध्यक्ष मोहन न्यौपाने,  रोटरी डिस्ट्रिक्ट कन्फ्रेन्स कमिटि चेयर एजाज आलम, चेम्वर अफ कर्मस लुम्विनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल र रोटरी डिस्ट्रिक्ट रोटरी डे सेलेब्रेसन चेयर राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।

    कार्यक्रम वर्ष २०२२–०२३ का सचिव सिए मोहन खत्री र २०२३–०२४ सचिव श्री केसीको संयुक्त सन्चालनमा सम्पन्न भएको हो । 

    भाइस प्रेसिडेन्टद्धय अर्जुन खड्काको स्वागत र सन्तोष कंडेलको धन्यवाद ज्ञापन रहेको उक्त कार्यक्रममा २०२२–०२३ मा रोट्रयाक्ट अफ द मन्थ, उत्कृष्ट कार्यक्रम संयोजक, बेस्ट रोट्रयाक्टर अफ द यर लगायतका विद्यामा अवार्ड समेत प्रदान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology