बुटवल,साउन १४ ।
छत्रगञ्ज रुपन्देही सम्पर्क समाजले रचनात्मक काम थालेको छ। छत्रगञ्ज र रुपन्देहीबासीको सम्बन्धलाई अझ दिगो बनाइ गाउँको विकासलाई प्रभावकारी बनाउन एक कार्यक्रम सम्पन्न गरेको छ।
सार्वजनिक मावि छत्रगंजमा सुचना तथा सन्देशमुलक (मोबाइलबाट बालबालिकामा पार्ने असर सम्बन्धी) बोर्ड छत्रदेवालय मन्दिर परिसर, रातापोखरा खेल मैदान परिसर र झुल्केपोखरी मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हाे ।
बृक्षारोपण अभियानका क्रममा १ हजार १०७ बेलपत्र ५२, कल्की फुल ३५०, तेजपत्ता ५००, टिमुर ५०, लब्सी ५०, कपुर २०, सजिवन १०, म्याङ्गो स्ट्रीम २०, रक्तचन्दन ५ पिस लगायतका वृक्षरोपण गरिएको छ ।
औपचारिक रुपमा सार्वजनिक माविमा उद्घाटन भएको कार्यक्रमको अध्यक्षता छत्रगंज रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीले गर्नुभएको थियो भने प्रमुख अतिथि छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रमको संचालन सार्वजनिक माबिका शिक्षक प्रकाशमणी घिमिरेले गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)