आकाश सुबेदी /बुटवल, साउन १४ ।
बुटवलका युवाहरुको सञ्जाल वाईजी गाईजले बुटवल उपमहानरपालिका वडा नंं ११ को नवनिर्मित वडा कार्यालय भवनमा सरसफाई गरेको छ ।
चार बर्ष लगाएर निर्माण भएको वडा कार्यालय भवनबाट सेवा सञ्चालनमा ढिलाई हुँदा भवन घाँसे मैदानको रुपमा परिणत भएको छ ।नयाँ भवनमा घाँस उम्रिनुका साथै धुलो र फोहर भएपछि युवाहरुको सञ्जाल वाईजी गाईजले भवन सरसफाई गरेको हाे ।
वाईजी गाईजले निर्माण सम्पन्न भएरपनि लामो समयदेखि सञ्चालनमा नआएका कारण वडा भवन घाँसे मैदान भएकोले सरसफाई गरिएको जनाएको छ ।
वाईजी गाईजले निर्माण सम्पन्न भएरपनि लामो समयदेखि सञ्चालनमा नआएका कारण वडा भवन घाँसे मैदान भएकोले सरसफाई गरिएको वाईजी गाईजको सदस्य रूद्र न्यौपाने बताऊनु भयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)