Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्याब्सन तिलोत्तमाको लोक नृत्य प्रतियोगितामा ज्ञानगंगा पाठशाला प्रथम

प्याब्सन तिलोत्तमाको लोक नृत्य प्रतियोगितामा ज्ञानगंगा पाठशाला प्रथम

  • 1.2K
    SHARES

  • प्याब्सन तिलोत्तमाको लोक नृत्य प्रतियोगितामा ज्ञानगंगा पाठशाला प्रथम

    बुटवल,साउन १४ ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ,प्याब्सन तिलोत्तमाको आयोजनामा भएको अन्तर बिद्यालय लोक नृत्य प्रतियोगितामा ज्ञानगंगा पाठशाला प्रथम भएको छ ।

    त्यस्तैगरि कुवरबर्ति ईङ्लिस बोर्डिङ स्कुल द्वितीय ,लिटिल प्याराडाईज ईङ्लिस बोर्डिङ स्कुल तितृय तथा  संजिबनी शिक्षा सदन र बुटवल पब्लिक स्कुलको टीम सान्त्वना भएको छ।उनीहरूलाई शिल्ड,मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।

    प्रतियोगितामा १३ बिद्यालयले सहभागिता जनाएका थिए ।प्याब्सन तिलोत्तमा अध्यक्ष केएन सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम प्याब्सन केन्द्रीय उपाध्यक्ष  बिष्णु पन्थीले नृत्यले लोक संस्कृतिको जगेर्ना गरेको बताउनुभयो ।

    उहाले बिद्यार्थीहरूलाई कला संस्कृतिको जगेर्ना र संरक्षणका लागि बिद्यालयको अहम भुमिका रहने बताउनुभयो । सो अबसरमा प्याब्सन तिलोत्तमा उपाध्यक्ष मधुप्रकाश ज्ञवाली,सचिव पवन सरानकोटी,कोषाध्यक्ष चन्द्र अधिकारी ,निर्णायक मण्डल संयोजक नारायण थापा लगायतले बोल्नुभएको थियो ।

    बार्षिक कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको थियो भने छनौट भएका ३ वटा टीमले जिल्लामा प्रतिस्पर्धा गर्दै प्रदेशमा सहभागीता जनाउनेछन् ।प्रतियोगिताको निर्णायक मण्डलमा नारायण थापा,किशोर थापा,दुर्गा राना रहनुभएको थियो ।kuwarbarti.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology