Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डमा कक्षा ११ मा भर्ना भएका ८३५ जना विद्यार्थीलाई स्वागत तथा सम्मान

अक्सफोर्डमा कक्षा ११ मा भर्ना भएका ८३५ जना विद्यार्थीलाई स्वागत तथा सम्मान

  • 3.1K
    SHARES

  • अक्सफोर्डमा कक्षा ११ मा भर्ना भएका ८३५ जना विद्यार्थीलाई स्वागत तथा सम्मान

    बुटवल,साउन १३ ।

    अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम भएको हो । 

    कक्षा ११ को विज्ञान व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ८३५ जना विद्यार्थीहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले अक्सफोर्ड  मावि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट भएको हुँदा संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।  

    पाण्डेयले बुटवल नगर वीरताको गाथा बोकेको तथा सांस्कृतिक सम्पदाको खानी भएको हुदा यसको  जगेर्ना गर्नु विद्यार्थीहरूको पनि दायित्व रहेको बताउनुभयो ।

    राष्ट्रिय परीक्षाबोर्ड बुटवलका प्रमुख रोमाकान्त तिवारीले अक्सफोर्ड मावि बुटवलले स्थापनाकालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको हुँदा धेरै विद्यार्थी तथा अभिभावहरूको रोजाइमा परेको बताउनुभयो ।

    विद्यालयका प्राचार्य दिनेश भुसाल, राष्ट्रिय परीक्षा बोर्डका शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई सम्मान तथा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय कलाकार प्रमोद खरेल र एलिना चौहानले विद्यार्थी तथा प्राध्यापकहरूलाई छमछमी नचाएका थिए।

    कार्यक्रम प्राध्यापक सुमन भुसालको स्वागत,नारायण सापकोटाको स्वागत गीत तथा विद्यार्थीहरू प्रशान्ना केसी,वसन्त रेग्मी ,आस्था रिजाल,प्रितम ज्ञवाली ,सरस्वती खनाल र निष्मा पन्थीको संञ्चालनमा सम्पन्न भएको थियोे ।कक्षा १२ का विद्यार्थीले एक भब्य समारोहबीच कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।oxford scl.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology