Logo बिहिवार, आश्विन १ गते २०८३
images

दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कार कमल थापालाई

दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कार कमल थापालाई

  • 1.8K
    SHARES

  • दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कार कमल थापालाई

    बुटवल,मंसिर २५ । 

    लुम्बिनी स्पोर्टस् क्लवले दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कार कमल थापालाई प्रदान गरेकाे छ । लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीको शैक्षिक सत्र ०७४-०७५ मा बौद्ध अध्ययन स्नातकोत्तरतह तर्फ थेरवाद बुद्ध धर्ममा सर्वोत्कृष्ट हुन सफल भएको र विश्वविद्यालयको १६औं बार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदानगर्दै आएको दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कार थापालाई प्रदान गरेकाे क्लवले जनाएको छ ।

    तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी देवीचौधरीको प्रमुख आतिथ्यमा क्लबका लेखा समिति संयोजक समेत रहेका थापा मगरलाई सम्मान गरिएको हाे  । थापा दायित्व संस्थाका लुम्बिनी प्रदेश संयोजक र बुद्ध टेलिभिजनका कार्यक्रम प्रस्ताेता पनि हुन् ।

    कार्यक्रममा, तिलोत्तमा वडा नं १४ का अध्यक्ष सोहन थारु,पालिका सदस्य एच.बि.रम्तेल, तिलोत्तमा खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङ्ग, जनप्रतिनीधिहरु भोम बहादुर बुढामगर,एम बहादुर थापा, क्लबका सदस्यहरु, समाजसेवी तथा यूवाव्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साे अबसरमा बाेल्दै चौधरीले योे उपलब्धि सम्मानित व्यक्तित्वको मात्र नभएर समाज र पालिकाको पूँजी रहेको धारणा व्यक्त गर्नुभयाे ।

    क्लवका सल्लाहकार राजेन्द्र गुरुङ्गको स्वागत, क्लवका अध्यक्ष प्रतबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रम सचिव विष्णु दगामीले सञ्चालन गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology