Logo शनिवार, श्रावण १६ गते २०८३
images

एक क्विन्टल सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

  • 1.2K
    SHARES

  • एक क्विन्टल सुन तस्करी प्रकरण :  थप एक जना पक्राउ

    काठमाडौं,साउन १० ।

    एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नरेश भनेर चिनिने सुरेन्द्र तामाङ रहेका छन् । विभागका एक अधिकारीका अनुसार, तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेका थिए ।

    उनलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो ।

    विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology