बुटवल,साउन १० ।
नेपाल बजार प्रतिनिधि संघले बुटवलमा दीपावली गरेको छ । ट्रेड युनियनको मान्यता पाएको खुसीयालीमा नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनी इकाइ कमिटीले मंगलबार साँझ बुटवलको अस्पताल लाइनमा दीपावली गरेको हो ।
२०५८ सालमा स्थापना भएको राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुमा बजार प्रतिनिधिको रुपमा काम गर्नेहरुको छाता संस्था नेपाल बजार प्रतिनिधि संघलाई हालै सरकारले ट्रेड युनियनको अधिकार दिएको छ ।
यहि साउन ३ गते सरकारले श्रम मन्त्रालयमा स्वतन्त्र ट्रेड युनियनमा दर्ता गरेको र त्यसको खुसियालीमा दीपावली गरिएको नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनी अञ्चल कमिटी अध्यक्ष विश्वमणी भुसालले जानकारी गराउनु भयो ।

त्यस अवसरमा संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष पदमप्रसाद भट्टराई, केन्द्रीय उपाध्यक्ष बाबुराम भूसाल, उपमहासचिब सुमन घिमिरे, प्रदेश अध्यक्ष महेश गैरे, राप्ती इकाईका अध्यक्ष नमराज सापकोटा, लेखा समिति सहसंयोजक शम्भुलाल श्रेष्ठ, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संघका पूर्व उपाध्यक्षहरू युवराज खनाल, रामप्रसाद पन्थी, छविलाल शर्मा, केन्द्रीय सल्लाहकार सदस्य जीवन बस्याल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
यसअघि पदस्थापन समेत गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)