Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

त्रिभुवन युनाइटेड एकेडेमीमा नव आगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

त्रिभुवन युनाइटेड एकेडेमीमा नव आगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

  • 891
    SHARES

  • त्रिभुवन युनाइटेड एकेडेमीमा नव आगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

    बुटवल,साउन ९ । 

    बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजना गरिएको कार्यक्रममा प्लस टु संयोजक जनकराज भुसालले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा विद्यालयमा एक वर्षमा हुने विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।  विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थीहरुले लक्ष्य प्राप्तिका लागि अनुसाशित र समयनिष्ट बनेर पढ्नुपर्ने बताए । विद्यार्थी र अभिभावकको चाहना र रूचिअनुसार विद्यालयलाई थप अपग्रेड गर्दै अगाडि बढ्ने बताए ।

    उनले विद्यालयमा आवश्यकताअनुसार अन्य विषयहरू पनि थप गर्दै जाने स्पष्ट पारे । कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउँदै आएको विद्यालयमा यो वर्ष फाइनान्समा ५० जना, होटल म्यानेजमेन्ट तथा टुरिजममा १५० जना र कम्प्युटर साइन्समा ३० जना विद्यार्थी भर्ना भएका छन् ।

    कार्यक्रममा विद्यालयका प्लस टु प्रमुख गुरुदत्त पौडेलको अध्यक्षता, सहप्राचार्य रामचन्द्र बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।  अंग्रेजी विभाग प्रमुख खिमबहादुर पाण्डेको स्वागत तथा प्लस टु संयोजक जनकराज भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।DNSS.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology