Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाजको अपील : ‘आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईँदैन’(भिडियाे सहित)

शान्ति समाजको अपील : ‘आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईँदैन’(भिडियाे सहित)

  • 6.3K
    SHARES

  • शान्ति समाजको अपील : ‘आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईँदैन’(भिडियाे सहित)

    बुटवल,मंसिर २५ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्ले कार्ड प्रदर्शन गरेको छ । बुटवलको पुष्पलाल पार्कमा ४५ मिनेट प्रदर्शन कार्यक्रम गरेको हो । ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन ।’ भन्ने मुल नारासहित विश्वका आणविक होडमा रहेका देशहरुलाई दबाब दिने रुपमा यो वर्ष अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।

    बुटवलमा भएको कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले युद्ध रोकौ, शान्ति प्रवद्घन गरौँ, युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,युद्ध निषेध, शान्ति विशेष, आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईदैन लगायतका प्ले कार्ड सहित सडकमा प्रदर्शन गरेका हुन् ।

    santi samaj.jpg

    manab adikar santi samaj.jpg

    कार्यक्रममा बोल्दै समाजका रुपन्देहीका पूर्व सभापति तथा केन्द्रिय अनुशासन बिभागका सदस्य लालहरी पाण्डेले शान्तिप्रेमीहरु एकजुट बन्नुपर्ने बताउनुभयो । उहाले अब युद्ध गरेर कोहिपनि  अघि बढ्न नसक्ने भन्दै आणविक अस्त्र त्याग्न शक्तिशाली मुलुकहरुलाइ आग्रह गर्नुभयो । 

    सभापति डिपि खनालले नेपाल आणविक हतियार निशेध सन्धीको एक हस्ताक्षरकर्ता भएकाले सो सन्धीलाइ शीघ्र अनुमोदन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा उपसभापति कृष्ण चौहान क्षेत्री,जमुना पाैडेल लगायतले बोल्नुभएको थियो  । सो कार्यक्रमको संचालन समाजका रुपन्देही सहसचिब कपिल ज्ञवाली गर्नुभएको थियो । 

    हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाइन्छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology