Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ : अर्थमन्त्री डा. प्रकाशशरण महत

सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ : अर्थमन्त्री डा. प्रकाशशरण महत

  • 1.8K
    SHARES

  • सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ : अर्थमन्त्री डा. प्रकाशशरण महत

    बुटवल,साउन ८ । 

    अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्र प्रवाह हुने लगानी बढ्ने उनको भनाइ छ । 

    नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास व्यक्त गरेका हुन् ।

    मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी सरकारले योजना बनाएको बताउँदै पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमै ठेक्का लगाउनुपर्नेमा जोड दिए ।

    “मौद्रिक नीतिले नीतिगत दर घटाएर छ दशमलव पाँच प्रतिशत तोकेको छ, यसले बैंक ब्याजदर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ, यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ”, उनले भने । 

    अर्थमन्त्री डा. महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनले पुँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त गरे ।

    नेपाल प्रेस युनियन रूपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कपिल ज्ञवालीले गरेका थिए।

    मङ्गलबारसम्म प्रस्ताव पारित गरिने :

    कांग्रेस प्रवक्ता समेत रहेका  महतले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र मङ्गलबारसम्म प्रस्ताव पारित गरिने बताउनुभएको छ ।

    महतले भने- ‘‘केन्द्रीय कमिटीको बैठकलाई यसपटक कांग्रेसले जनतासँग जोड्ने नयाँ प्रयोग गरेको छ ।’’

    महतका अनुसार व्यक्ति होइन, पार्टीलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न सकिन्छ र देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकूल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको छ ।

    छलफलमा चाँडै नीति अधिवेशन गर्ने प्रस्ताव छ, विभिन्न राष्ट्रिय मुद्दामा आफ्नो दृष्टिकोण आउँछ, पार्टीका हरेक निकाय क्रियाशील गराउनका लागि कार्यक्रम तालिका पनि प्रस्ताव गरिएको र यी सबै प्रस्ताव पारित हुने मन्त्री डा. महतले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology