बुटवल,साउन ६ ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले देवदहको बुद्ध सामुदायिक बनमा रहेको गौतमबुद्ध राष्ट्रिय उद्धानमा बृक्षरोपण गरेको छ । क्लवले रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनको सहकार्यमा बृक्षरोपण साथै सरसफाई गरिएको हो ।
क्लवले रोटरी पार्कको अवधारणा अनुिार वार्षिक कार्ययोजना बनाएर प्रत्येक वर्ष उक्त उद्यानमा बृक्षरोपण गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै सामुदायिक बनका अध्यक्ष टेकबहादुर रानाले क्लवले योजना बनाएर त्यस उद्यानमा बृक्षरोपण गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले रोपिएका बिरुवाको संरक्षणमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष निरज श्रेष्ठले उद्यानमा रोटरी पार्क बनाउने क्लवको योजना अनुसार प्रत्येक वर्ष बृक्षरोपण गरिएको बताउदै रोपिएका बिरुवाको संरक्षण र हराभरा बनाउन क्लवले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो ।
क्लवका उपाध्यक्ष देवीराम पाण्डेको संयोजनमा भएका कार्यक्रममा सचिव शंकर पाण्डे, रोट्रयाक्ट क्लव जोन २२ का जेडआरआर सुनिल गिरी, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष विक्रम भुसाल लगायतले भनाई राख्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)