काठमाडौं,साउन ६ ।
रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजूले रोटरीले आयआर्जनलाई प्राथमिकता दिने उल्लेख गर्दै समाजमा केही गरौं भन्ने योजना भएकालाई सहयोग गर्नुपर्ने बताए । उनले रोटरीसँग समाजले आशा बोकेको र त्यो आशालाई वास्तविकतामा बदल्न लाग्नुपर्ने बताए ।
रोटरी क्लब अफ गोंगवुको आठौं पद पद हस्तान्त्रण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले रोटरीमा सदस्य संख्या बढाउनुभन्दा पनि सदस्यको सक्रियतालाई आफूले प्राथमिकतामा राखेको बताए । उनले रोटरीले परिवर्तन गर्न चाहेको उल्लेख गर्दै परिवर्तन जमातबाट मात्र सम्भव नहुने बताए ।
कार्यक्रममा एसिस्टेन्ड गभर्नर डा. विष्णुप्रसाद गौतमले समाजमा सहयोगको खाँचो रहेको भन्दै रोटरीको सान्र्दभिकता बढेर गएको बताए । उनले रोटरीको अहिलेको नारामा उल्लेख भएको ‘क्रियट होप द वल्र्ड’को मान्यतालाई स्थापित गर्न लाग्नुपर्ने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ गोंगवुको रोटा एयर २०२३-२४ का प्रेसिडेन्ट रोटरीयन निर्मल प्रसाद न्यौपाने लगायत पदाधिकारी तथा अन्य बोर्ड मेम्बरले पद ग्रहण गरेका छन् ।पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले रोटरी क्लव अफ गोंगवुले अगाडि सारेका योजनाको जानकारी दिँदै आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममामा वर्ष २०२२-२३ मा गरेका कार्यक्रमहरुका बारेमा निवर्तमान सचिव अनुज श्रेष्ठले जानकारी गराएका थिए ।
कार्यक्रममा क्लबका गतिविधिमा योगदान पुराउने सदस्य तथा अतिथिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)