बुटवल,साउन ६ ।
लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले बुटवलको लक्ष्मीनगरमा बृक्षारोपण गरेको छ । क्लवका अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कुश,पिपल,डुम्री ,शनि, दतिवन, आंक,पलास, खयर,श्रीखण्ड लगायत अन्य फलफूलका बिरूवा रोपिएको सचिव बिष्णु बोहोराले बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ पि का डिस्ट्रीक गर्भनर अर्जुनमान सैँजूले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुभयो । उहाले लायन्समा नयाँ सदस्याता थपेर चलायमान बनाउनुपर्ने बताउनुभयो । सो अबसरमा कार्यक्रम संयोजक चित्र रोका लगायतले बोलेका थिए ।
करिब ५० हजार खर्चमा क्लवले नवग्रह यन्त्र वृक्ष बाटिका बनाएको हो । सो अवसरमा बोल्दै अध्यक्ष पाण्डेले बर्षभर नै रचनात्मक काम गर्ने बताउनुभयो ।
क्लवले यसअघि पनि सोही स्थानमा बाटीका बनाएर निरन्तर काम गरिहेको छ ।कार्यक्रमममा पूर्व अध्यक्ष ,पदाधिकारी ,सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।,
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)