बुटवल,साउन ६ ।
लायन्स क्लब अफ बुटवल संसारले बुटवल ७ दिपनगर स्थित निलकण्ठ बाबाधाम मन्दिर परिसरमा बृक्षारोपण तथा गाडेन ब्यबस्थापन गरेको छ ।
धाममा बृक्षारोपण ,कुर्चि हस्तान्तरण, गोडमेल तथा फलफूल बितरण गरिरएको हो । लायन्स इन्टरनेशनल क्लव ३२५ पी का डिजी अर्जुनमान सैजूले क्लबले बिगतका दिनहरुमा पनि निकै राम्रा सामाजिक कार्यहरु गर्दै आइरहेकोमा आगामी दिनहरुमा पनि गरिरहन आग्रह गरे ।
कार्यक्रममा डिजी अर्जुनमान सैजु ,फस्ट भिडीजी पुरुशोत्तम भक्त प्राधानाङ्ग ,सकेन्ड भिडीजी बालाराम भट्टराइ तथा मन्दिर ब्यबस्थापन समितिका कार्यवाहक अध्यक्ष चुडामणि पौडेल ,डिस्ट्रिक एलसीआइएफ एडभाइजर सन्दिप कसौधन, एरिया तीन का एरिया चिफ बिनोद सुबेदि,रिपन चियर पर्सन गंगा श्रेष्ठ,क्लवका सस्थापक अध्यक्ष तथा एरिया सचिब प्रकाश भट्टराइ,पुर्ब अध्यक्ष बिकास श्रेष्ठ,महेश न्यौपाने , सम्योजन क्लबका डाइरेक्टर राजन पान्डे लगायतको सहभागिता रहेको थियो ।
सचिब पदम प्रसाद न्यौपानेको सन्चालनमा भएको उक्त कार्यक्रममा बिभिन्न प्रजातिका फलफूलका बिरुवाहरु राेपएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)