Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  • 1.5K
    SHARES

  • सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं,साउन ४ ।

    सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार पक्राउ परेका छ जनालाई थुनामा राख्न अदालते अनुमति दिएको हो । 

    सामान्य अवस्थामा अधिकतम सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने गरिएको भए पनि सुन तस्करीको मुद्दा जटिल खालको भएकाले १० दिनको म्याद थप भएको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, “सामान्य अवस्थामा अनुसन्धानका लागि अधिकतम सात दिनको म्याद थप गरिन्थ्यो । तर, यो विशेष प्रकृतिको भएकाले १० दिनको म्याद थपिएको छ ।”  घटनामा जोडिएका अन्यलाई अदालतले जरुरी पक्राउ पुर्जी जारी गरेको उहाँले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology