बुटवल,मंसिर २४ ।
रूपन्देहीको सैनामैनाका ७३ वर्षीय कोरोना संक्रमित पुरूषको भैरहवाको भीम अस्पतालमा मृत्यु भएको छ ।उनको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले नागरिक अनलाइनलाइ बताए ।
मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए । उनी दीर्घरोगी समेत थिए ।
८ वर्ष अघि मुटुको अप्रेशन समेत गराएका उनी उच्च रक्तचाप, मधुमेहका बिरामी समेत रहेका थिए। रुपन्देहीमा मृतकको संख्या १३१ पुगेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)