Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने ?’ : चन्द्रबहादुर केसी

‘आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने ?’ : चन्द्रबहादुर केसी

  • 732
    SHARES

  • ‘आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने ?’  : चन्द्रबहादुर केसी

    काठमाडौं, साउन ४ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा गरेका छन् ।केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा केसीले मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिडेको भन्दै पार्टीका नेताहरुको आलोचना गरे ।

    सर्वोच्चले दोषी ठहर गरेका रेशम चौधरीलाई आम माफी दिएको उल्लेख गर्दै उनले किनारा नलागेको मुद्दामा आफ्नै नेताहरु न्यायालय र न्यायाधीश भएको बताए ।

    ‘सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई आम माफीले चोख्याउन मिल्ने ? अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई किनारा नलाग्दै आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने ?’ केसीले भने ।

    नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँण थुनामा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology