भारत,साउन ३ ।
भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।
भारतको उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको ज्यान गएको र अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ ।
उत्तराखण्डको राजधानी देहरादुनबाट झन्डै दुई सय ६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।
एजेन्सी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)