बुटवल,साउन ३।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखामा नयाँ नेतृत्व चयन भएको छ ।बुधबार भएको तेस्रो अधिवेशनबाट मीन तिवारीको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हाे ।
जसको वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद पोखरेल, सचिव दल बहादुर थापा, सहसचिव शिव लामिछाने, कोषाध्यक्ष अर्जुन पाण्डे, सहकोषाध्यक्ष निर्मला श्रेष्ठ, सदस्य शिव घिमिरे, भोजराज काफ्ले, बुद्धि राज भट्टराई, फर्स बहादुर तरामी मगर, आयुष सुवेदी, युवराज भाट, भिम क्षेत्री, लक्ष्मी अर्याल, सचिन पन्थ, ऋषिराम ज्ञवाली निर्वाचित भए।
यसैगरि सल्लाहकारमा प्रेम लाल पाण्डे, ग्रिसमणी आचार्य दिक्षित, चन्द्र प्रसाद गैहे, अर्जुन बश्याल, शंकर बश्याल, अर्जुन बश्याल, शोभाखर तिमिल्सिना मनोनित भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)