Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले यूएईएलाई ३ विकेटले हरायो

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले यूएईएलाई ३ विकेटले हरायो

  • 1.0K
    SHARES

  • एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले यूएईएलाई ३ विकेटले हरायो

    बुटवल,साउन ३।

    एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराएको छ । 

    एसीसी इमर्जिङ टिम्स एसिया कपको इतिहासमा नेपालले हासिल गरेको यो केवल तेस्रो जित हो । यसअघि एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले दुई पटक हङ्कङलाई हराएको थियो ।

    एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना भइरहेको छ । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेका छन् । समूह ‘बी’ मा नेपाल तेस्रो र यूएई चौथो भए । उक्त समूहबाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् । अहिले समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउन भारत र पाकिस्तानबीच खेल भइरहेको छ ।

    समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश नकआउट चरणमा पुगिसकेका छन् । चार—चार अंक जोडेको श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । चार अंक नै जोडे पनि श्रीलंका र बंगलादेशसँग नेट रन रेटमा पछाडि परेको अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । चौथो स्थानमा रहेको ओमानले भने एक खेल पनि जित्न सकेन ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईले यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३ ओभरमा सात विकेट गुमाएर विजय लक्ष्य पार गरेको थियो ।  

    नेपालको जितमा कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने ब्याटिङमा अर्धसतकीय पाली पनि खेले । उनले टोलीका लागि ७१ रनको योगदान गरे । ओपनर भुर्तेलले ४३ बलको सामना गरी चार छक्का र नौवटा चौका हिर्काएका थिए । त्यसअघि उनले ३२ बलमा आफ्नो अर्धसतक पूरा गरेका थिए । उनले दुई छक्का र आठ चौकाको मद्दतले अर्धसतक पूरा गरेका थिए ।

    टोलीका लागि देव खनाले २४ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले पनि २४ रनकै योगदान गरेका थिए । सन्दीपले केवल १५ बलको सामना गरी दुई छक्का र एक चौका प्रहार गरेका थिए । गुल्सन झाले पनि ११ रन बनाए । कप्तान रोहित पौडेल नौ रनमा आउट भए । प्रतिस जीसीले अविजित आठ रन बनाए । उनले केवल तीन बलको सामना गरी दुई चौका हिर्काएका थिए । कुशल मल्ल दुई रनमा अविजित रहे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology