बुटवल,साउन २।
बुटवल धागो कारखाना पुनस्सञ्चालनका लागि दवाबस्वरुप नमस्ते नेपालले अवलोकन गरेको छ । बुटवलस्थित औद्योगिक क्षेत्रमा रहेको धागो कारखाना २०६४ सालदेखि बन्द अवस्थामा छ।
मंगलवार नमस्ते नेपालको टिम बुटवल धागो कारखानामा भएका उपकरणहरुको बारेमा जानकारी लिई कारखानालाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
नमस्ते नेपालका अध्यक्ष मनिश भुसालले पछिल्लो समय नियमित रुपमा ओरालो लागेको अर्थतन्त्रलाई माथि बढाउनको लागि कारखाना सञ्चालनमा आउनुपर्ने बताए।
त्यसैगरी अधिकाँश नागरिकहरु छिमेकी मुलक भारत, खाडी राष्ट्र लगायतका ठाउँमा रोजगारीको लागि जान बाध्य नागरिकलाई कारखाना पुनस् सञ्चालनले ति नागरिकलाई रोजगारी जोड्न सचिव सन्दिप क्षेत्रीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)