Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रोटरी र रोट्र्याक्टद्वारा मुक्तिनाथधाममा सरसफाई, फलफूल तथा पानी बितरण

रोटरी र रोट्र्याक्टद्वारा मुक्तिनाथधाममा सरसफाई, फलफूल तथा पानी बितरण

  • 1.3K
    SHARES

  • रोटरी र रोट्र्याक्टद्वारा मुक्तिनाथधाममा सरसफाई, फलफूल तथा पानी बितरण

    बुटवल,साउन १ ।

    रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा बुटवलको नयाँगाउँ स्थित मुक्तिनाथधाम मन्दिर परिसरमा सरसफाई, फलफूल तथा पानी बितरण भएको छ ।

    कार्यक्रम रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष धुर्व प्रसाद कोइराला र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष जया भण्डारीको अध्यक्षतामा भएको हो।

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट आतिथ्यता बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र देवदह नगरपालिकाका प्रमुख धुर्व प्रसाद खरेलको रहेको थियो ।कार्यक्रमका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले रोटरी र रोट्र्याक्टले सामाजिक क्षेत्रमा पछिल्लो समय खेलेको भुमिका अतुलनीय रहेको बताए।

    साथै उनले क्लवहरु समाजका ऐना भएको हुँदा समाजमा देखापरेका समस्यालाई केही हद सम्म रोक्नका लागि सामाजिक उत्तरदायित्व भएर अभियान चलाउनु साच्चिकै मानवसेवा भएको बताए ।

    कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका पुर्व अध्यक्ष टंक प्रसाद पोखरेल , रोटरी चार्टर प्रेसिडेन्ट यादब प्रसाद भण्डारी , रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका चार्टर प्रेसिडेन्ट बिमल ढकाल , रोट्र्याक्ट क्लव अफ लुम्बिनी स्टार्सका पुर्व अध्यक्ष मुक्तिराम भण्डारी ,डिआरआर इलेक्ट बिक्रम क्षेत्री लगायत रहेको थियो।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे , देवदह नगरपालिकाका नगरप्रमुख धुर्व प्रसाद खरेलले मन्तव्य राख्दै क्लवको प्रगतीको कामना गरे ।

    कार्यक्रममा रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका सचीव गौरव पाण्डेले आफ्ना स्वर्गीय बुवाको सम्झनामा मन्दिरमा दान गरेका थिए भने फण्ड राइजिङ चेयर दिपक अधिकारीले पनि मन्दिरमा दान गरेका थिए । कार्यक्रममा ५० केजि , ५० दर्जन केरा , ३० जार पानी दर्शनार्थीलाई बितरण गरिएको थियो ।

    कार्यक्रमको  संयोजन बिस्वास घिमिरे , स्वागत बालकृष्ण पाण्डे , धन्यवाद सहित समापन धुर्व प्रसाद कोइराला र जया भण्डारीले गरे भने सचीव बिमल ढकालले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, श्रावण १ २०८०१०:४३:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology