Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल वडा नं.१६ ले सिचाई आयोजनाको खानेपानी र बिद्युत महशुल तिरिदिने

बुटवल वडा नं.१६ ले सिचाई आयोजनाको खानेपानी र बिद्युत महशुल तिरिदिने

  • 978
    SHARES

  • बुटवल  वडा नं.१६ ले  सिचाई आयोजनाको खानेपानी र बिद्युत महशुल तिरिदिने

    बुटवल,साउन १ ।

    बुटवल उपमहानगरपालिका वडा नं.१६ ले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुल र खानेपानीको महशुल तिरिदिने भएको छ ।  नयाँ आर्थिक वर्ष सुरु भएपछि वडाको कार्यालय नरैनापुरमा सोमबार वडाध्यक्ष र सदस्यहरुको बसको बैठकले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुदेखि १० युनिट पानी खपत गर्ने घरको खानेपानीको महशुल वडाले तिरिदिने निर्णय गरेको हो ।

    करिब ४ सय हेक्टर भूमिमा खेती हुँदै आएको वडामा समुहत रुपमा संचालनमा आएका ५ वटा भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुल तिर्ने निर्णय गरेको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । करिब ६७५ घरधूरी रहेको वडामा सिचाईको लागि आकासे पानी र भूमिगत सिचाईको भर पर्नु पर्ने बाध्यता छ ।  

    एक घण्टा भूमिगत सिचाई प्रयोग गरेबापत कृषकले दुईसय रुपैँयादेखि ६ सय रुपैँयासम्म तिर्न बाध्य थिए । भूमिगत सिचाईको पानीको महशुल महङ्गो हुने भएकाले वडा कार्यालयले विद्युतीय महशुल तिरिदिने निर्णय गरिएको उहाँले बताउँनु भयो । यसको लागि वडाले ५ लाख बजेटको ब्यवस्था गरेको र किसानलाई केही भएपनि राहात मिल्ने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस्तै वडाले १० युनिट खानेपानी खपत गर्ने घरको महशुल तिरिदिने निर्र्णय गरिएको जानकारी दिनुभयो ।

    यसबाट करिब १५० घरधुरी लाभान्वित हुने आकलन गरिएको पौडेलले बताउनु भयो ।  बुटवल उपमहानगरपालिकाबाट वडा नं। १६ लागि यस आर्थिक वर्षमा वडाले खर्च गर्न पाउने  ७२ लाख बजेट परेको उहाँले बताउँदै यही बजेटबाट किसान तथा गरिब परिवारलाई राहातका कार्यक्रम ल्याईएको बताउनु भयो ।

    वडा कार्यालयले सिचाईको महशुल तिरिदिने भएपछि कृषकहरु खुशी भएका छन । यसले गर्दा वडामा कृषि उत्पादनमा बृद्धि हुने र किसानलाई केही भएपनि राहात मिल्ने अपेक्षा लिईएको छ ।  यस्तै वडा कार्यालयमा आउने सेवाग्राहीलाई फोटोकपि र निवदेनमा कुनै शूल्क नलाग्ने ब्यवस्था गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

     यस्तै नरैनापुर आभारभूत विद्यालयमा सिसिटिभी क्यामेरा जडान , सार्वजनिक शौचालय निर्माण र २ वटा सार्वजनिक स्थलमा निःशूल्क वाईपmाईको ब्यवस्था वडाले गर्ने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, श्रावण १ २०८००८:२६:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology