Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँमा बृक्षरोपण

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँमा बृक्षरोपण

  • 1.6K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँमा बृक्षरोपण

    बुटवल,साउन १ ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाले बृक्षरोपण गरेको छ । बुटवल १२ नयाँगाउँमा रहेको सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र (क्लव सचिवालय परिषरमा ) २१ वटा बिभिन्न प्रजातीका फलफूलका बिरुवा रोपिएको हो ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ पि का फस्ट भिडिजी एमजेएफ पुरुषोत्तम भक्त  प्रधानाङ्गले जुलाइ मिहनाभर वातावरण संरक्षण तथा हराभरा बनाउने अभियान चलाइएको बताउनुभयो  ।

    बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले रोपिएका बिरुवालाइ हुर्काउनतिर ध्यान दिन आग्रह गर्नुभयो  ।उहाले वडा र नगरसंगको सहकार्यमा क्लवको परिषरमा ध्यान योग केन्द्र र आयुर्वेद केन्द्र चलाउन सकिने धारणा राख्नुभयो  ।

    से अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ पि का सेकेण्ड भिडिजीपिएमजेएफ बालाराम  भट्टराई,नयाँगाउँ माबिका अध्यक्ष पुरुषोत्तम बस्याल, कार्यक्रम  संयोजक फस्ट भिपी सिताराम रसाइली,सचिव लायन  डोलराज बस्याल लगायतले बोेल्नुभएको थियोे । क्लवका बर्ष २०३४–२४ का अध्यक्ष नारायण तिवारीले क्लबले मेवा,लिची आँप,कटहर,अम्बा लगायतका फलफूलका बिरूवा रोपेको जानकारी दिदै अब निशुल्क रुपमा क्लवमै मधुमेह शिबिर चलाइने बताउनुभयो ।tree plan.jpg

    से अबसरमा बेल्ने बक्ताहरुले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बिगतमा भएका कामहरुको बारेमा ब्रिफ्रिङ गरेका थिए ।क्लवले नयाँगाउँस्थित ५ कठ्ठा जग्गामा सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र संचालन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology