बुटवल,असार ३० ।
विवान फार्मेसि बुटवलले विशेषज्ञ चिकित्सकरुलाई सहभागी गराई छैठौँ पटक निःशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ ।
फार्मेसिको प्राङ्गणमा सम्पन्न भएको शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डा. अनिता पुन, नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सन्दिप शाक्य र जनरल फिजिसियन डा. नियम खानले परिक्षण गर्नुभएको थियो ।
शिविरमा महिलाहरुको धेरै सहभागिता रहेको र उहाँहरुमा महिनावारी एवम पाठेघर सम्बन्धी समस्या अत्याधिक भएको डा. पुनले वताउनु भयो । निशुल्क स्वास्थ्य परिक्षण सहित किड्नी र सुगरको पनि निःशुल्क रगत परिक्षण गरिएको साथै उपलब्ध ३५ हजार बारावरको औषधी पनि निःशुल्क वितरण गरिएको फार्मेसिका कार्यकारी निर्देशक दीपक ढकालले बताउनुभयो ।
फार्मेसी निर्देशक शुभेन्द्र प्रसाद यादवको सम्योजनमा भएको शिविरमा ल्याब निर्देशक मनिश महतो, फार्मेसी इन्चार्ज ईन्दिरा चौधरि, सिएमए संगीता गहतराज्, ल्याब असिस्टेण्ट मनिषा पाण्डे, पुजा पाण्डे लगायतको सकृय सहभागिता रहेको शिविरमा एकसय अठार जना विरामिहरुले स्वाथ्य सेवा लिनु भएको थियो ।
विवान फार्मेसिले स्थापना कालदेखी आफ्नो सेवा विस्तार गर्दै विभिन्न सामाजिक कार्यमा सकृय सभागिता जनाउदै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)