Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

चितवन भरतपुरबाट चीनमा हाइलेज घाँस निर्यात सुरु

चितवन भरतपुरबाट चीनमा हाइलेज घाँस निर्यात सुरु

  • 1.2K
    SHARES

  • चितवन भरतपुरबाट चीनमा हाइलेज घाँस निर्यात सुरु

    चितवन,असार ३० ।

    नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी (हाइलेज) घाँस चीन निर्यात सुरु भएको छ।

    नेपालबाट आधिकारिकरूपमा चितवनको भरतपुरबाट चीनमा घाँस निर्यात सुरु भएको हो। चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाइलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्तरूपमा रिबन काटेर शुभारम्भ गरे। 

    कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए। व्यापार घाटा कम गर्ने र सफलरूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ। 

    उक्त अवसरमा हाइलेज पशु आहार लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीनतर्फ पठाइएको थियो। करीब ८० टन साइलेज चीनको सिगाचेमा पठाएको छ। करिब ३ वर्षको प्रयासपछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो। 

    चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हालः मकैको हाइलेज उत्पादन हुँदै आएको छ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology