Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

माथागढीका कर्मचारीमाथि अभद्र व्यवहार,कारबाही गर्न कर्मचारी यूनियनको माग  

माथागढीका कर्मचारीमाथि अभद्र व्यवहार,कारबाही गर्न कर्मचारी यूनियनको माग  

  • 2.2K
    SHARES

  • माथागढीका कर्मचारीमाथि अभद्र व्यवहार,कारबाही गर्न कर्मचारी यूनियनको माग  

    पाल्पा,असार २९ ।

    पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ ।

    गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका केही भुक्तानीहरु लेखा प्रणालीमा इन्ट्री गरेता पनि प्राविधिक कारण भुक्तानी प्रक्रिया पुरा हुन नसकेका विषयमा लेखा शाखामा कार्यरत कर्मचारीहरुलाई कार्यकक्ष मै थुनछेक गर्ने प्रयास गर्दै गालीगलौज,अपशब्द,अभद्र व्यवहार,भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की दिनु अमर्यादीत भएको ठहर गर्दै नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले दोषी माथि कारबाहीको माग गरेको छ ।

    कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष रवि अर्यालले एक प्रेस विज्ञप्ती जारी गर्दै जनताको सेवामा खटिई ईमान्दारीता पूर्वक कार्यसम्पादनमा लागि परेका राष्ट्रसेवक कर्मचारी माथि कार्यस्थलमा भएको त्यस किसिमका अभद्र व्यवहार, हातपात एवं अवाञ्छित गतिविधिको घोर निन्दा एवं भ्रत्सना गरिएको बताउनुभएको छ । निजामति कर्मचारी माथि भएको अमानवीय घटनामा संलग्न दोषी माथि कारबाही नभए कर्मचारी यूनियन पाल्पा सशक्त आन्दोलनमा जान बाध्य हुने समेत अध्यक्ष अर्यालले जिकिर गर्नुभएको छ । 

    समस्या समाधाका लागि नितिगत एवं प्रणालिगत सुधारको पहल गर्नुको सट्टा सरकारको नीति निर्देशन तथा कानुनको पालना गरि कार्यसम्पादन गरिरहेका कर्मचारीहरु माथि लेखा प्रणाली सप्टवेर सिस्टम को कारण भुत्तानी प्रक्रिया पूरा नभएको विषयलाई लिएर जनप्रतिनिधिको संलग्नतामा यस्ता गतिविधिहरु बन्द गरि कानुन हातमा लिने अराजक व्यक्ति तथा समुहलाई आवश्यक कानूनी कारबाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालहरुसँग कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले जोडदार माग समेत राखेको अध्यक्ष अर्यालले बताउनुभयो ।

    साथै सम्पुर्ण कार्यालयहरुमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीहरुले भयरहित  तवरले कार्यसम्पादन गर्न सक्ने वातावारण सिर्जन गर्न जिल्लाका जिम्मेवार निकायहरु र नेपाल सरकार समक्ष समेत कर्मचारी यूनियनले जोडदार माग राखेको कर्मचारी यूनियनका जिल्ला कार्यसमिति पाल्पाले अपिल गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology