Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

क्लबलाई सामाजिक क्षेत्रमा थप सकृय बनाउने रोट्याक्ट्र क्लव अफ लुम्बिनी स्टार्सको निर्णय

क्लबलाई सामाजिक क्षेत्रमा थप सकृय बनाउने रोट्याक्ट्र क्लव अफ लुम्बिनी स्टार्सको निर्णय

  • 1.5K
    SHARES

  • क्लबलाई सामाजिक क्षेत्रमा थप सकृय बनाउने रोट्याक्ट्र क्लव अफ लुम्बिनी स्टार्सको निर्णय

    राम प्रसाद भण्डारी / बुटवल,असार २८ ।

    रोट्याक्ट्र क्लव अफ लुम्बिनी स्टार्सले आफ्नो नियमित ५७ औँ बैठक सम्पन्न गरेको छ । बर्ष २०२३/२४ का लागि अध्यक्ष जया भण्डारी निर्वाचित भएपछीको पहिको पदाधिकारी उपस्थित बैठकले क्लबलाई थप सामाजिक क्षेत्रमा सकृय बनाउन र क्लबका सदस्यहरुको व्यक्तित्व बिकासका निम्ति थप कार्य गर्न क्लव अघि बढ्ने अध्यक्ष भण्डारीले बताइन् । कार्यक्रमको अध्यक्षता अध्यक्ष जया भण्डारीको रहेको थियो ।

    कोषाध्यक्ष नारायण अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष योगेन्द्र कण्डेल , पुर्व अध्यक्ष मुक्तिराम भण्डारी र संस्थापक अध्यक्ष बिमल ढकालको रहेको थियो । पुर्व अध्यक्षहरुले क्लबलाई थप उर्जाशिल र शसक्त बनाउन क्लवका सवै सदस्यहरुको उतिकै दायित्व रहेको र सवैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका थिए । बैठकले क्लबको पदस्थापन असार भित्रै सम्पन्न गर्ने , नयाँ कार्यसमितिलाई बधाई ज्ञापान , आगामी बर्षको कार्ययोजना लगायतको बिषयमा छलफल भएको थियो ।

    कार्यक्रमका अध्यक्ष जया भण्डारीले रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सलाई बिगतका बर्षहरुमा जस्तै यस् बर्षपनि सवैले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएकी थिइन् । उनले क्लबलाई थप शृजनशिल र सामाजिक क्षेत्रमा थप अग्रसर बनाउने दायित्व हाम्रो रहेको भन्दै सबैले साथ र समर्थन जनाउन पर्ने बताइन् । कार्यक्रमको धन्यवाद ज्ञापन दिपक अधिकारी र सञ्चालन क्लबका सचिव गौरव पाण्डेले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology