Logo बिहिवार, आश्विन १ गते २०८३
images

जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता : नागरिक उड्डयनमन्त्री सुदन किराँती

जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता : नागरिक उड्डयनमन्त्री सुदन किराँती

  • 1.2K
    SHARES

  • जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता : नागरिक उड्डयनमन्त्री सुदन किराँती

    काठमाडौं, असार २८ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको प्रष्ट पार्नुभयो ।  

    उहाँले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको चर्चा गर्नुभयो । उहाँले दुर्गम क्षेत्रमा विमानस्थल बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताउनुभयो । 

    दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजीक्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उहाँको भनाइ छ । उहाँले नेपाल वायुसेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी गराउनुभयो । 

    कुन प्रक्रियाबाट खरिद गर्ने भन्ने कुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानुनअनुसार पारदर्शी ढङ्गले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘दुर्गम क्षेत्रमा सङ्ख्यात्मक हिसाबले धेरै विमानस्थल निर्माण भएका छन् । तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमी छ । नेपालको प्रचलित कानुनअनुसार पारदर्शी ढङ्गले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु ।’

    देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको सङ्ख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने उहाँको भनाइ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology