Logo बिहिवार, आश्विन १ गते २०८३
images

सियारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

सियारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

  • 1.2K
    SHARES

  • सियारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    भैरहवा,असार २७ ।

    रुपन्देहीको सियारी गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०-०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।गाउँपालिकाको १३ औँ नगर सभाको दोश्रो बैठकले आर्थिक वर्ष ०८०÷०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

    असार ९ गते पालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने असार १० गते पालिका उपाध्यक्ष तारा थारुले बजेट प्रस्तुत गरेकी थिईन ।

    आज बसेको १३ औ गाउँसभाको दोश्रो बैठकले उपाध्यक्ष तारा थारुले पहिलो बैठकमा प्रस्तुत गरेको ६३ करोड ५६ लाख ५२ हजार ५ सय रुपैयाको बजेट संसोधन सहित सर्वसम्मतीले पारित गरेको सभाका सचिव तथा प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

    यस्तै गरी गाउँपालिका अध्यक्ष घिमिरेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गहन छलफल पछि संसोधन सहित सभाले सर्वसम्मतले पारित गरेको हो ।

    यस्तै सभाको असार २७ गते बसेको बैठकले सियारी गाउँपालिकाको स्थानिय तहको कर्मचारी व्यवस्थापन गर्न बिधेयक २०८०, यिारी गाउँपालिकाको जलश्रोत बिधेयक २०८०, गाउँपालिका आकस्मिक कोषको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन तथा सियारी रोजगार रणनीति सर्वसम्मतिले पारित भएको प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले जानकारी दिए ।

    आर्थिक वर्ष ०८०-०८१ मा संघीय सरकारबाट समानीकरण अनुदानमा १२ करोड ५३ लाख, संघिय राजश्व बाँडफाँडमा ९ करोड ४७ लाख ८३ हजार २ सय, प्रदेश समानिकरणमा ९ करोड २४ लाख ५ हजार, प्रदेश राजश्व बाँडफाँडमा ४० लाख ५३ हजार ६ सय ३० रुपैयाँको बजेट अनुमान गरी पारित भएको पालिकाले जनाएको छ ।oxford a.jpg

    १३ औं अधिबेशनको तेस्रो बैठकमा बोल्दै अध्यक्ष घिमिरे, उपाध्यक्ष थारु, वडा अध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्य अन्जु रोक्का, वडा सदस्यहरु सन्तोष शर्मा, प्रकाश थापा लगाएतले नीति तथा कार्यक्रमलाई बजेटलाई पुुर्ण रुपमा कार्यन्वयन गर्दै जानेमा जोड दिए । उनीरुहरुले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भए जस्तै गरी बजेटलाई पनि कार्यन्वयन गर्दै जानेमा जोड दिएका छन् ।

    सियारीले पालिकालाई आत्म निर्भर बनाउनका लागि हल्दी, खुर्सानी र लसुनमा अनुदान दिने निर्णय गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology