निरला अर्याल / दाङ ,असार २६ ।
राप्ति आँखा अस्पताल रक्षाचौर तुलसीपुरको परिसर भित्र जंगली जनावर घाइते अबस्थामा फेला परेको छ । अस्पतालको ओपीडि कक्ष नजिकै मगंलबार घाइते अवस्थामा रतुवा (राते) फेला परेको हो ।
विहान करिव ८ बजेको समयमा सरसफाई गर्ने बेला सुतिरहेको अवस्थामा घाइते रतुवा भेटिएको राप्ति आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
करिब ४३ इन्च लम्बाई र उचाई १२ इन्च रहेको रतुवाकोको मुख, गर्धन, आँखा र शरीरको अन्य भागमा चोट लागेको छ । अस्पताल परिसर भित्र रतुवा फेला परेपछि तुलसीपुर सब डिभिजन वन कार्यालय संपर्क बुझाइएको अस्पतालका निमित्त प्रशासक सालिकराम गौतमले जानकारी दिनुभयो ।
घाँटी निर को घाउ हेर्दा कुकुर वा अन्य वन्यजन्तुको आक्रमण परेको हुन सक्ने तुलसीपुर सब डिभिजन वन कार्यालयका बन् रक्षक बहादुर रेउलेलको भनाई छ ।
घाइते अवस्थामा आएको रतुवालाई उपचार गरी सुरक्षित ठाउँमा राखिएको रेन्जर सर्जन ओलीले बताउनुभयो । अस्पताल क्षेत्र सुरक्षीत देखेर आसपासको वन जंगलबाट भित्र प्रबेश गरेको हुन सक्ने अनुमान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)