Logo बिहिवार, आश्विन १ गते २०८३
images

सकारात्मक सोँचका साथ मानव कल्याणमा लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

सकारात्मक सोँचका साथ मानव कल्याणमा लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

  • 843
    SHARES

  • सकारात्मक सोँचका साथ मानव कल्याणमा लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

    बुटवल,असार २६  ।

    नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मान्छे सकारात्मक सोँचका साथ मानव कल्याणमा लाग्नुपर्ने बताएका छन् ।

    नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटिका सदस्य शंकर पहारीका बुवा ज्ञानेन्द्र प्रसाद पहारीको निधनमा मंगलबार बुटवल गोलपार्क निवासमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । नेकपा एकिकृत जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा भएको श्रद्धाञ्जलीसभामा अध्यक्ष नेपालले मान्छेको जीवन कतिखेर के हुन्छ भन्न नसकिने भन्दै सवैको कल्याण हुने गरि जीवन विताउनुपर्ने बताए ।

    उनले मृतक वुवाले शिक्षा क्षेत्रमा पु¥याएको योगदान स्मरणीय रहेको बताउँदै मृतकप्रती श्रद्धाजली अर्पण गर्दै परिवारजनमा समवेदना दिए ।

    नेकपा एकिकृत समाजवादी पाल्पा जिल्ला अध्यक्ष कमल पाण्डे हृदयघात भएर केहि दिनअघि गुमाउनुपरेको बताउँदै एक इमान्दार र सच्चा कम्यूनिष्ट नेता गुमाउनुपरेको समेत श्रद्धाञ्जलीसभामा अध्यक्ष नेपालले स्मरण गरे । श्रद्धाञ्जलीसभामा नेकपा एकिकृत समाजावादी पार्टीका पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरु राजु गुरुङ, सिद्धिचरण भट्टराई, भगवती घिमिरे, रमा घर्ती सहितका नेताहरुको उपस्थिती थियो ।

    रुपन्देहीका प्रदेश सदस्य शंकर पहारी, अनेमसङ्घ बुटवल उपमहानगर कमिटी उपाध्यक्ष इन्दिरा पहारी, डा.नारायण पहारी, सुमन पहारी , भगवती रेग्मी, सिता ढुङानाका बुवा-ससुराबुवा ज्ञानेन्द्र प्रसादको असार २४ गते निधन भएको थियो । श्रघाञ्जली कार्यक्रम जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यता र सचिव सरिता श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology